Skip to main content
खेलकुदThaha Khabar

फेरिँदै देउसीभैलो खेल्ने शैली

Read the full story at Thaha Khabar

फेरिँदै देउसीभैलो खेल्ने शैली

लमजुङ : तिहार भन्नेबित्तिकै देउसीभैलोको झल्को आउँछ। गाउँघरका आँगनमा भेला भएर मादल, झ्यालीलगायत परम्परागत बाजाको तालमा मौलिक गीत गाउँदै, नाच्दै र भट्याउँदै देउसीभैलो खेल्ने पुरानो चलन अहिले क्रमशः परिवर्तन हुँदै गएको छ। आधुनिक प्रविधिको प्रयोग बढेसँगै देउसीभैलो खेल्ने शैली, बाजागाजा र गीतसङ्गीतमा समेत परिवर्तन आएको हो।

केही वर्षअघिसम्म लमजुङका गाउँघरमा तिहारका बेला साथीभाइ तथा युवायुवती एकै ठाउँमा भेला भएर मादल र झ्याली बजाउँदै तिहारसँग सम्बन्धित मौलिक गीत गाउने, भट्याउने र नाचगान गर्ने गर्थे। देउसीभैलो मनोरञ्जनको माध्यममात्र नभई संस्कार, संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसरसमेत बन्ने गरेको थियो। घरघरमा पुगेर देउसीभैलो खेल्दा घरधनीले समूहलाई स्वागत गर्दै आफ्नो गच्छेअनुसार अन्न, पैसा तथा अन्य सामग्री दिने चलन थियो।

देउसीभैलो खेल्ने समूहले पनि घरपरिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै भट्याउने तथा आशीर्वाद दिने गर्थे। यसले गाउँघरमा आपसी सद्भाव, सहयोग र आत्मीयता बढाउनसमेत योगदान पुर्‍याउने गरेको थियो। दोर्दी गाउँपालिकाका ७५ वर्षीय बुद्धिमान श्रेष्ठका अनुसार पहिले साथीभाइ एकै ठाउँमा भेला भएर परम्परागत बाजा बजाउँदै तिहारका मौलिक गीत गाउने र भट्याउने गरिन्थ्यो।