Skip to main content
राजनीतिNagarik News

सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

Read the full story at Nagarik News

सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले राज्यको ढुकुटी खर्चिएर सांसदहरूले गर्ने विदेश भ्रमणको औचित्यमाथि गम्भीर प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत एउटा सांसदले राज्यको खर्चमा कति पटक विदेश जान पाउने हो भनी प्रश्न गर्दै भ्रमणको पारदर्शितामाथि चिन्ता व्यक्त गरेकी छन्।

सांसदहरू संसदीय समितिमा आबद्ध भए पनि आफ्नै समितिका अन्य सदस्यहरूलाई समेत जानकारी नदिई सुटुक्क विदेश जाने गरेको उनको आरोप छ। यस्ता भ्रमणको उद्देश्य र त्यसबाट जनताले पाउने उपलब्धि स्पष्ट हुनुपर्नेमा उनले जोड दिएकी छन्।

भ्रमणको औचित्य पुष्टि नभएमा यस्ता गतिविधि समुद्रको तटमा फोटो खिच्ने र टिकटक बनाउने काममा मात्र सीमित हुने उनको टिप्पणी छ। उनले विदेश भ्रमणबाट प्राप्त उपलब्धिहरू जनतासमक्ष सार्वजनिक गर्नुपर्ने माग राख्दै राज्यको लाखौँ रुपैयाँ खर्च हुने यस्ता भ्रमणबारे स्पष्टता हुनुपर्ने बताएकी छन्।

सांसदहरूको विदेश भ्रमणबारे आशिकाको प्रश्न : राज्यको खर्चमा कति पटक विदेश जान पाइन्छ ? · EkJhalak News