Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

Read the full story at Onlinekhabar (Nepali)

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन् । २८ कात्तिक, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह घाइते भएका हुन् ।

आक्रमणकारीले दुवै जनाको टाउको र अनुहारमा इँटाले प्रहार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गइसकेको बताए । उनले अनलाइनखबरसँग भने, ‘दम्पत्तीमाथि सुतिरहेको अवस्थामा अज्ञात समूहले आक्रमण गरेको भन्ने जानकारी आएको छ । प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ ।

अनुसन्धानपछि मात्रै दम्पतीमाथि कसले किन आक्रमण गरेको हो भन्ने खुल्ने छ । ’ किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्र यादवले जानकारी दिए ।

In English

Elderly couple attacked in Sarlahi, both in critical condition

Seventy-year-old Shukdev Sah and his wife Jibchhi Sah were injured when an unidentified group attacked them with bricks while they were sleeping in their own home last night. November 14, Sarlahi. An elderly couple has been left critically injured following an attack by an unidentified group in Basantapur, Haripurwa Municipality-9, Sarlahi. The couple, 70-year-old Shukdev Sah and his wife Jibchhi Sah, were injured when an unidentified group threw bricks at them while they were sleeping in their own home last night. It is reported that the attackers struck both individuals on their heads and faces with bricks. DSP Bed Prasad Gautam of the District Police Office, Sarlahi, stated that a police team had already headed to the incident site immediately after receiving information about the event. He told Onlinekhabar, 'We have received information that an unidentified group attacked the couple while they were sleeping. A police team has already reached the scene.

Machine translation — the original above is the story as filed.

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर · EkJhalak News