मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस
Read the full story at Onlinekhabar (Nepali)

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको छ । सत्ता साझेदार दल नेकपा एमालेले ३० असोजमा चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् । गत २० कात्तिकमा नेकपाका पनि चार मन्त्री राजीनामा दिँदै सरकारबाट समर्थन फिर्ता लिएको थियो ।
त्यस यता मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा छ । आवश्यक बहुमत जुटाउन मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा छन् । मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने मुख्यमन्त्री यादवले बताएका छन् । प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
प्रदेश सभाको अंकगणितअनुसार कांग्रेसका २२ सांसद मात्रै मुख्यमन्त्रीको पक्षमा रहेकाले विश्वासको मत प्राप्त गर्न यादवलाई थप ३२ सांसदको समर्थन आवश्यक देखिन्छ । गत २० कात्तिकमा जसपा, एमाले र नेकपाको समीकरण बनेको दाबी एमालेले गरेको थियो । जसपा नेपालको नेतृत्वमा सरकार बनाउने तयारी स्वरूप त्यसै दिन नेकपा पनि सरकारबाट बाहिरियो ।
More politics
- Nepal’s high-value exports rise 23.85 percent in first quarterKathmandu Post
- For Mamta Kafle’s family, a guilty verdict is not enoughKathmandu Post
- PM asks lawmakers to advance Nepal’s interest in China tiesKathmandu Post
- More than 21,000 killed in road accidents in nine years, the state is least botheredKathmandu Post
- Sundarpur bids farewell to crash victims in mass funeralKathmandu Post
- US to resume flights after air traffic network failure sparks chaosKathmandu Post