Skip to main content
राजनीतिRatopati

राजमार्गमा यात्रु : भाडाको भारदेखि मृत्युको त्राससम्म

Read the full story at Ratopati

राजमार्गमा यात्रु : भाडाको भारदेखि मृत्युको त्राससम्म

काठमाडौँ । चाडपर्व नजिकिँदै जाँदा सडक व्यस्त हुन थाल्छ । चाडपर्वकै बेला कर्मथलो छाड्नेहरू बढ्छन् । खासगरी काठमाडौँबाट बाहिरिनेहरू बढी हुन्छन् । तर नेपालको सडकको अवस्था हेर्दा यात्रा गर्नु कुनै युद्धजितेजस्तै हो, त्यसमाथि तोकिएभन्दा दोब्बरसम्म भाडा तिर्नुपर्ने बाध्यता । चालक तथा सहचालक अनि बाटोबाटोमा हुने दुर्व्यवहार त छँदै छन् ।

न खाना खाने होटलमा पर्याप्त सरसफाइ न त सुपथ मूल्यमा नै खान नै पाइने । तर यी सबै आम नेपालीको नियति नै बनिसकेको छ । चाडपर्व सुरु भयो कि काठमाडौँबाट गाउँ फर्किनेहरूको लर्को लाग्छ । यही लर्कोलाई यातायात व्यवसायी र बिचौलियाहरूले पैसा छाप्ने मौका ठान्छन् । टिकट काउन्टरहरूमा कृत्रिम अभाव सिर्जना गरिन्छ र कालोबजारी सुरु हुन्छ । काठमाडौँबाट छुट्ने गाडीहरूले तोकिएको भन्दा दोब्बरसम्म भाडा असुलिरहेका हुन्छन् ।

दसैँ, तिहार र छठजस्ता ठुला चाडपर्व सकिएर मानिसहरू पुनः आफ्नो कर्मथलो काठमाडौँ फर्किने बेलामा पनि अवस्था उही नै हुन्छ । यो दोहोरो मारमा भुइँमान्छे नै पर्छन् । वर्षौँदेखि यो समस्या न समाधान हुन्छ न रोकिन्छ । बिहीबार बिहान ललितपुरको टीकाथलीबाट छुटेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी भीमफेदी–६ मा दुर्घटनामा पर्‍यो । बिहान करिब ५ः४५ बजे सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेको थियो ।