इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, काठमाडौं । अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित व्यक्ति, स्थान, प्रविधि तथा उपकरणबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ कार्यक्रमले सामाजिक सञ्जाल एक्समार्फत सूचना सार्वजनिक गर्दै इरानले आणविक हतियार विकास गर्ने कुनै पनि प्रयासको विरोधमा अमेरिकी सरकार प्रतिबद्ध रहेको जनाएको छ । कार्यक्रमको आधिकारिक वेबसाइटका अनुसार इरानका आणविक केन्द्र, उपकरण, वैज्ञानिक तथा उक्त कार्यक्रमसँग सम्बन्धित अन्य व्यक्तिबारे सूचना दिनेले २ करोड डलरसम्म पुरस्कार पाउन सक्नेछन् ।
आणविक उपकरणको आपूर्ति तथा एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्ने कार्यमा संलग्न व्यक्तिबारे सूचना दिने व्यक्ति पनि पुरस्कारका लागि योग्य हुने बीबीसीमा उल्लेख छ । सूचना उपलब्ध गराउने व्यक्तिलाई आवश्यकताअनुसार अर्को स्थानमा पुनर्वासको व्यवस्था गर्न सकिने विकल्पसमेत अमेरिकाले अघि सारेको छ ।
More business
- Nepse retreats as profit-taking slows post-Dashain rallyKathmandu Post
- जनक पाण्डेसँग न्यायिक आचरण, श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसद अर्यालको प्रश्नSetopati
- जनक पाण्डेसँग पद्मा अर्यालका प्रश्न : श्रीमतीको जग्गादेखि भुटानी शरणार्थी प्रकरणसम्मThaha Khabar
- Paraguay's president impeached after collapse of bankBBC
- प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरुOnlinekhabar (Nepali)
- एआई प्रतिस्पर्धामा आफ्नै क्षमता र रणनीतिले अघि बढ्न नेपाललाई राष्ट्रसंघीय विज्ञको सुझावBizmandu