जनक पाण्डेसँग न्यायिक आचरण, श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसद अर्यालको प्रश्न
Read the full story at Setopati

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेसँग नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायिक आचरण, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र विगतका फैसलाबारे स्पष्टीकरण माग गरेकी छन्। शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा अर्यालले पाण्डेकी श्रीमती माया पाण्डे पुरीको नाममा रहेको जग्गा र भुटानी शरणार्थी प्रकरणमा उनी संलग्न इजलासबाट भएको फैसलाबारे प्रश्न उठाएकी हुन्। पुरी परिवारबाट दाइजो, बकस वा अंशका रूपमा प्राप्त भएको भनिएको जग्गालाई विशेष अदालतले सरकारीकरण गर्ने निर्णय गरेको भए पनि हालसम्म फिर्ता नभएको उजुरीकर्ताहरूको दाबी रहेको अर्यालले बताइन्।
उक्त जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले पारिवारिक स्वार्थ जोडिएको विषयमा पाण्डेले न्यायिक निष्पक्षता कसरी कायम गर्छन् भन्ने प्रश्न गरिन्। त्यस्तै, भुटानी शरणार्थी प्रकरणमा पाण्डे संलग्न इजलासबाट भएको फैसलालाई लिएर पनि सार्वजनिक रूपमा प्रश्न उठिरहेको अर्यालले बताइन्। समान प्रकृतिका मुद्दामा फरक व्यवहार भएको भन्ने प्रश्नबारे पाण्डेको धारणा माग गर्दै उनले न्यायाधीशको व्यक्तिगत आचरण, आर्थिक पारदर्शिता र नैतिक जवाफदेहिताको आधार स्पष्ट पार्न आग्रह गरिन्।
अर्यालले पाण्डेको न्यायालय सुधारसम्बन्धी कार्ययोजनाको कार्यान्वयन विश्वसनीयतामाथि पनि प्रश्न उठाइन्।
More business
- Nepse retreats as profit-taking slows post-Dashain rallyKathmandu Post
- जनक पाण्डेसँग पद्मा अर्यालका प्रश्न : श्रीमतीको जग्गादेखि भुटानी शरणार्थी प्रकरणसम्मThaha Khabar
- Paraguay's president impeached after collapse of bankBBC
- प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरुOnlinekhabar (Nepali)
- एआई प्रतिस्पर्धामा आफ्नै क्षमता र रणनीतिले अघि बढ्न नेपाललाई राष्ट्रसंघीय विज्ञको सुझावBizmandu
- इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिनेOnlinekhabar (Nepali)