प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा ३३ जना पक्राउ
Read the full story at Thaha Khabar

तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले लागुऔषध नियन्त्रण, जुवातास, अवैध मदिरा, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथामलगायतका उद्देश्यले विशेष अभियान सञ्चालन गरेको हो।
अपरेसनका क्रममा नियन्त्रणमा लिइएका ३३ जनामध्ये चार जनालाई आफन्तको जिम्मा लगाई छाडिएको छ भने बाँकी २९ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्न विभिन्न गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले सर्च एण्ड स्विप अपरेसनलाई निरन्तरता दिएको छ।
यसैबीच पोखरा–मुग्लिन सडक खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ। आज बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सवारीसाधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा सम्झाइबुझाइ गरिएको हो।
More society
- भाइटीकामा २४ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवाNepal Khabar
- श्रमिकको १७४० र विशेषज्ञको ८४०० रूपैयाँसम्मको दैनिक ज्यालाले कति बढ्छ निर्माण लागत?Setopati
- Court orders Canadian homebuyer to forfeit $70,000 deposit and pay $35,000Times of India
- काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरुNagarik News
- चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब र पीडितको अवस्था बुझौँ : चन्द्र भण्डारीNagarik News
- देउसी भैलोमा अश्लील नृत्य गर्ने दुई महिला प्रहरी नियन्त्रणमाDC Nepal