Skip to main content
समाजNagarik News

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

Read the full story at Nagarik News

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ। काठमाडौँमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापन भइरहेको छ। गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ। छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्ने परम्परा छ।

चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर व्रतालुले सूर्यको उपासना गर्छन्। गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ। घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले बताए। “काठमाडौँमा पनि छठ मनाउने परम्परा बढ्दो छ।

हामीले यसको तयारी अन्तिम चरणमा पुर्‍याएका छौँ। पाल टाँग्ने र सरसफाइ गर्ने काम भइरहेको छ।” अध्यक्ष सिंहले भने, “अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरिने छठको महत्त्व अपरम्पार छ। भाकल पूरा गर्न पनि छठको व्रत गरिन्छ।