Skip to main content
वातावरणNepal Khabar

भोटेकोसी-बुढीगण्डकी पीडाका साथ नेपाल ‘कोप-३१’मा सहभागी, खोज्नेछ जलवायु न्याय

Read the full story at Nepal Khabar

भोटेकोसी-बुढीगण्डकी पीडाका साथ नेपाल ‘कोप-३१’मा सहभागी, खोज्नेछ जलवायु न्याय

भदौ १० मा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ। पीडा भुल्न अझै लामो समय लाग्ला। बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावह तस्बिर झल्काउँछ। यसबाट नेपालले अर्बौँको भौतिक क्षति बेहोर्नुपरेको छ। यो चोट सेलाउन नपाउँदै गत असोज २५ गते गोरखाको बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले अर्को पीडा थप्यो।

गत वर्ष पनि हिमताल फुटेर लेन्दे खोलामा बाढी आएको थियो। यसले पनि जनधनको क्षति गरायो। एक वर्षपछि दोहोरिएर भोटेकोसीमा आएको बाढीले अकल्पनीय क्षति भोग्नुपरेको छ। दुई वर्षअघि पनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा एकाएक लेदोसहितको बाढी पस्यो। स्थानीयले यस्तो विपद् आउला भन्ने कल्पना गरेका थिएनन्।

त्यहाँ पनि हेर्दाहेर्दै क्षणभरमै बस्ती बगरमा परिणत भयो। भोटेकोसी, बुढीगण्डकी र थामेको बाढीले उजाड बनाएका दृश्य सम्झँदा जोकोहीको मन भक्कानिन्छ। यी घटना जलवायु परिवर्तनको चपेटामा पर्दै गएको हिमाली क्षेत्र र त्यहाँका मानिसले भोगिरहेको असह्य पीडाका प्रतिनिधि दृश्य मात्र हुन्। हिमालमा हिउँ पग्लिँदै छ, हिमतालको जोखिम बढ्दै छ र त्यसको मूल्य हिमालको काखमा जीवन बिताइरहेका समुदायले चुकाइरहेका छन्।