ढाकामा चौथो ट्रान्स हिमालय सम्मेलन, क्षेत्रीय सम्बन्धदेखि एआई र जलवायु परिवर्तनबारे चर्चा हुँदै
Read the full story at Bizmandu
काठमाडौं । बंगलादेशको ढाका विश्वविद्यालयमा चौथो ट्रान्स–हिमालयन सञ्चार तथा सामाजिक विकास सम्मेलन सुरु भएको छ। आइतबारदेखि सुरु भएको सम्मेलनमा विज्ञहरुले नेपाललाई हिमालय क्षेत्रको जलवायु परिवर्तन, पानीको स्रोत संरक्षण, विपद् व्यवस्थापन र क्षेत्रीय सञ्चार सहकार्यको महत्त्वपूर्ण केन्द्रका रूपमा प्रस्तुत गरेका छन्।
हिमालय क्षेत्रमा बढ्दो जलवायु परिवर्तन, हिमनदीहरूको संकुचन र प्राकृतिक विपद्का असर हिमालमा मात्र सीमित नरही दक्षिण एसियाका तल्लो भूभाग हुँदै बंगालको खाडीसम्म फैलिरहेको भन्दै विज्ञहरूले हिमालय क्षेत्रका देशहरूबीच साझा सहकार्यको संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा बंगलादेशका प्रधानमन्त्रीका वित्त तथा योजना मन्त्रालयसम्बन्धी सल्लाहकार प्राध्यापक राशेद अल महमुद टिटुमिरले हिमालय क्षेत्रको वातावरणीय संकटको प्रभाव दक्षिण एसियाको तल्लो भूभागसम्म पुगिरहेको उल्लेख गर्दै हिमालय क्षेत्रका देशहरूले साझा मञ्च निर्माण गर्नुपर्ने प्रस्ताव राखेका थिए। उनले भने,’हिमालय क्षेत्र पग्लिँदै गएको छ।
हिमताल पग्लिँदै गएका छन् र यसको असर तल्लो भूभाग हुँदै बंगालको खाडीसम्म पुगिरहेको छ। हिमालको चुचुरो देखि तल्लो तटीय क्षेत्रहरुले जलवायु परिवर्तनको साझा समस्यासँग जुध्न परिरहेको छ।
More environment
- सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग आज पनि अवरुद्ध, यात्रुलाई सास्तीNepal Khabar
- भोटेकोसी-बुढीगण्डकी पीडाका साथ नेपाल ‘कोप-३१’मा सहभागी, खोज्नेछ जलवायु न्यायNepal Khabar
- Air pollution over 66 times WHO limit in parts of Delhi as people defy ban on firecrackers on DeepavaliThe Hindu
- Delhi Air Quality Spikes To 'Severe' Levels Post-Diwali Despite GRAP-III CurbsNDTV
- COP31 and the limits of climate diplomacyOnlinekhabar English
- भोटेकोशीको कटान र पहिरोको त्रासले हाकुबेँसीका १५६ परिवार विस्थापनको पर्खाइमाNagarik News