Skip to main content
समाजOnlinekhabar (Nepali)

नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

Read the full story at Onlinekhabar (Nepali)

नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

जब तिहार नजिकिन्छ, तब चलचित्र ‘स्वर्ग’ को यो गीत गाउँ, सहरमा गुञ्जिन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी घन्किन थालेको पनि २५ वर्ष नाघिसक्यो । आज पनि यो गीतको चार्म, वजन, चर्चा र उचाइमा कमी आएको छैन र तीन पुस्ताले यो गीत गाइसकेका छन् । सुन्नेहरू पनि त्यति नै पुगिसके । २०५० सालमा बनेको फिल्म ‘स्वर्ग’ को तिहारसम्बन्धी यो गीत आज पनि जनजिब्रोमा झुण्डिरहेको छ ।

उक्त फिल्म निर्माण हुनुअघि र पछि पनि तिहारको भैलोसम्बन्धी गीतसंगीत नबनेका होइनन्, तर शम्भुजीत बासकोटाको संगीत, लोचन भट्टराई र नुतन प्रधानको आवाज रहेको यो गीतको चर्चा अरू भन्दा धेरै छ । नेपाली फिल्ममा समावेश तिहार गीतमध्ये कालजयी गीत बन्न सफल यो गीतमा अभिनय गर्ने गौरी मल्लको मानस्पटलबाट आजसम्म पनि यो गीतको छायांकनको क्षण हटन सकेको छैन । उनी विगततिर यसरी फर्किइन्, ‘मैले जीवनमा धेरै राम्रा गीतमा काम गर्ने अवसर पाएँ । तीमध्ये यो गीत मलाई चिनाइरहने र दर्शकमाझ सम्झिइरहने गीतमध्ये पर्छ । ’ ३ रात निकै मिहेनत गरेर उक्त गीत भक्तपुरको चाँगुनारायण क्षेत्रमा खिचेको उनले बताइन् ।

यो गीत आफ्नो कलाकारिताको उच्चतम उपलब्धि भित्र पर्ने उनको भनाइ छ। शम्भु प्रधानको निर्देशन अनि अर्जुन श्रेष्ठ निर्माता रहेको चलचित्र ‘स्वर्ग’ को यो गीतको अडियो चक्का नै तात्कालीन समयमा लाखौंप्रति बिकेको थियो । भिडियोमा बसन्त श्रेष्ठको नृत्य निर्देशनले झनै प्राण भरेको थियो ।