पश्चिम पुगेका दक्षिण एसियाली सम्पदा फिर्ताको बहस छेडेको अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न
Read the full story at Setopati

बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजित ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउन्डेसनको सहयोगमा सम्पन्न भएको हो। डा.
अर्शिया मन्सुर लोखण्डवालाले क्युरेट गरेको यस प्रदर्शनीले दक्षिण एसियाका देवप्रतिमा, पाण्डुलिपि, मूर्तिकला तथा धार्मिक–अनुष्ठानिक वस्तुहरू आफ्नो जीवित सांस्कृतिक परिवेशबाट अलग भएर पश्चिमी संग्रहालय तथा निजी संग्रहमा पुगेपछि सिर्जना भएको सांस्कृतिक विच्छेदलाई कलात्मक दृष्टिकोणबाट प्रस्तुत गरेको थियो। धार्मिक आस्था, समुदाय र परम्परासँग प्रत्यक्ष सम्बन्ध राख्ने अमूल्य वस्तुहरू संग्रहालयमा पुगेपछि केवल हेर्न र संग्रह गर्न मिल्ने ‘कलावस्तु’मा सीमित हुने अवस्थामाथि प्रदर्शनीले गम्भीर प्रश्न उठाएको थियो।
साथै, विस्थापित सम्पदाको स्वामित्व कसले निर्धारण गर्ने, त्यसको अर्थ कसले व्याख्या गर्ने र भविष्यबारे निर्णय गर्ने अधिकार कससँग रहने भन्ने समसामयिक बहसलाई समेत प्रदर्शनीले केन्द्रमा राखेको थियो। प्रदर्शनीमा नेपालका खाली भएका मन्दिर र त्यहाँबाट हराएका धार्मिक मूर्तिदेखि भारतबाट बाहिरिएका कांस्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला तथा बंगलादेशको टेराकोटा सम्पदासम्मका सन्दर्भहरू समेटिएका थिए।
More society
- तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारीNepal Khabar
- तिहारका २ दिन उपत्यकाको फोहर व्यवस्थापन नहुने, सडकमा फोहोर नफाल्न महानगरको आग्रहNepal Khabar
- Kolu Kondattam 2026: 700 windows into a traditionThe Hindu
- Top news of the day: Karnataka High Court says Enforcement Directorate is not a ‘super cop’; Explosion at Ghaziabad police outpost injures one; and moreThe Hindu
- नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिटOnlinekhabar (Nepali)
- Canadian plan to clear Hongkonger migration backlog welcomed but questions remainSouth China Morning Post