सरकार र कार्कीबिचको ‘टसल’: ओली–लेखक पक्राउदेखि जबरा प्रकरणसम्म
Read the full story at Nagarik News

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक दानबहादुर कार्कीबीचको बढ्दो असमझदारी अन्ततः प्रहरी नेतृत्व परिवर्तनमा पुगेर टुंगिएको छ। सरकारले प्रहरी महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको छ भने अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गरिएको प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने र रिक्त हुने आईजीपी पदमा केसीलाई बढुवा गर्ने निर्णय गरेको हो।
प्रहरी नियमावली, २०७१ को नियम ४१ अनुसार केसीको बढुवा बुधबारदेखि नै लागू भएको छ। केसीले बुधबारबाटै जिम्मेवारी सम्हालेका छन्। नेतृत्व परिवर्तनलाई सामान्य प्रशासनिक फेरबदलका रूपमा मात्रै हेरिएको छैन। पछिल्लो समय प्रहरी संगठनको निर्णय प्रक्रिया, प्रधानमन्त्री सचिवालयको भूमिका, इनम सापकोटा प्रकरण र पत्रकार पक्राउ विवादले सरकार तथा प्रहरी नेतृत्वबीचको सम्बन्ध तनावपूर्ण बनाएको थियो।
तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले २०८२ कात्तिकमा दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औँ महानिरीक्षक नियुक्त गरेको थियो। उनले कात्तिक २७ गतेदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए।
More business
- ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ट्रक चालक फरारNepal Khabar
- ब्याजदर घटेसँगै बैंकमा घट्न थाल्यो मुद्दतीमा आउने बचत, ब्याज खाएर दैनिकी चलाउनेलाई तनावNepal Khabar
- भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्युNepal Khabar
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- Preparations underway to amend 59 Acts before investment summit, says Minister LamsalOnlinekhabar English
- आयकर ऐन दफा ५७ नलाग्ने भए धेरै ग्यास उद्योग मर्जरमा जान तयारOnlinekhabar (Nepali)