Skip to main content
अर्थतन्त्रBizmandu

लगातार चार हारपछि पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

Read the full story at Bizmandu

काठमाडौं। पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखराले कर्णालीलाई ६३ रनले हराएको हो। जारी संस्करणमा लगातार चार हार ब्यहोरेको पोखराको यो पहिलो जित हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १८.३ ओभरमा १५४ रन बनाएर अलआउट भयो। विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाउँदा अरिफुल इस्लामले २४, दीपक डुम्रेले २२ तथा सोमपाल कामीले २१ रनको योगदान दिए। कर्णालीलाई लक्ष्यसम्म पुग्न नदिन पोखराका मेहदी हसनले सर्वाधिक ३ विकेट लिँदा कुशल भुर्तेल, धनन्जय लक्षन र विपिन खत्रीले समान १ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। पोखरालाई सिजनकै उच्च स्कोरमा पुर्‍याउन ओपनर युवराज साम्राले शतकीय इनिङ्स खेले।

उनले ४८ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १०२ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले पनि अर्धशतकीय इनिङ्स खेले। भुर्तेलले ३९ बलमा ७ छक्काको सहायतामा ६२ रन बनाए। अर्धशतक प्रहार गरेर कुशल भुर्तेल। तस्बिर: सुशील श्रेष्ठ/विजमाण्डू यो स्कोर एनपीएल इतिहासको दोस्रो ठूलो स्कोर हो।