Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बनाइँदै राष्ट्रिय रोजगार ऐन

Read the full story at Onlinekhabar (Nepali)

बनाइँदै राष्ट्रिय रोजगार ऐन

२६ कात्तिक, काठमाडौं । सरकारले राष्ट्रिय रोजगारसम्बन्धी ऐन बनाउन लागेको छ । यसका निम्ति युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय रोजगारसम्बन्धी विधेयकको मस्यौदा तयार पारेर अगाडि बढाएको छ । यो विधेयकलाई अर्थ मन्त्रालयले समेत सहमति प्रदान गरिसकेको छ ।

गत साउन, भदौ र असोज महिनाको प्रगतिविवरणमा अर्थ मन्त्रालयले नीतिगत काम अन्तर्गत राष्ट्रिय रोजगारसम्बन्धी विधेयकको मस्यौदालाई अगाडि बढाउन सहमति प्रदान गरेको उल्लेख छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार नेपालमा हाल छरिएर रहेका आन्तरिक तथा वैदेशिक रोजगारीसम्बन्धी कानुनहरूलाई एउटै छाता ऐनमा समेट्न यो विधेयक ल्याउन लागिएको हो । रोजगारीको हक सम्बन्धी ऐन २०७५, वैदेशिक रोजगार ऐन २०६४, तथा श्रम ऐन, २०७४ का कतिपय प्रावधानहरूलाई समयानुकूल संशोधन र एकीकरण गर्ने लक्ष्य प्रस्तावित विधेयकमा राखिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको यस्तो प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएसँगै थप प्रक्रिया अगाडि बढेको हो ।

यस अन्तर्गत अर्थ मन्त्रालयले पनि अगाडि बढाउन सहमति प्रदान गरेको हो । यसका साथै, अर्थ मन्त्रालयले युवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा राय सहमति प्रदान गरेको जनाएको छ ।