Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

गोल्ड कोस्टमा जीसीएनपीएलको तेस्रो संस्करण हुँदै, पाँच टोली सहभागी हुने

Read the full story at Onlinekhabar (Nepali)

गोल्ड कोस्टमा जीसीएनपीएलको तेस्रो संस्करण हुँदै, पाँच टोली सहभागी हुने

गोल्ड कोस्ट, अस्ट्रेलिया । गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग (जीसीएनपीएल) को तेस्रो संस्करण सन् २०२७ को मार्चमा आयोजना हुने भएको छ । जीसीएनपीएल निर्देशक किशोर तिवारीले २०२७ मार्चमा प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिए । अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको गोल्ड कोस्टमा हुने प्रतियोगितामा हिमालयन हिट्स, यति स्ट्राइकर्स, गोल्ड कोस्ट सुपर किड्स, गोर्खा थन्डर्स र सगरमाथा टाइटन्स गरी पाँच टोली सहभागी हुनेछन् ।

सगरमाथा टाइटन्स यसै संस्करणबाट लिगमा थपिएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू प्राकृतिक घाँसको पिच (टर्फ विकेट) मा खेलाइनेछन् । आयोजकले खेलहरूको व्यावसायिक स्तरमा प्रत्यक्ष अनलाइन प्रसारण गर्ने र सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूसँग मिलेर प्रतियोगिताको प्रचार गर्ने तयारी गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी अविनाश बोहरा लिगका ब्रान्ड एम्बासडर छन् ।

यस्तै हिरोशी खनाल तेस्रो संस्करणमा ‘अफिसियल फेस’ को रुपमा नियुक्त भएका छन् । यस संस्करणमा क्विन्सल्यान्डभरका खेलाडीले सहभागी हुने अवसर पाउनेछन् । प्रत्येक टोलीले क्विन्सल्यान्डबाहिरबाट बढीमा एक जना खेलाडी समावेश गर्न पाउनेछ । जीसीएनपीएलका निर्देशक किशोर तिवारीले भने, ‘यसपटक हामी गोल्ड कोस्टसहित क्विन्सल्यान्डभरका खेलाडीलाई बढी अवसर दिन चाहन्छौं।