Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म

Read the full story at Onlinekhabar (Nepali)

कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म

काभ्रेको कटुञ्जेमा अभावबीच हुर्किएका सागर धिताल अहिले जर्मनीको म्युनिखमा चिकित्सकका रूपमा कार्यरत छन्। संघर्ष गर्दै छात्रवृत्तिको सहारामा उनले जर्मनीमा चिकित्सा अध्ययन पूरा गरे। बिरामीको उपचारसँगै अध्यापन र अनुसन्धानमा संलग्न उनी गाउँको शिक्षा र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन पनि सक्रिय छन्। बार्सिलोना। काभ्रेपलाञ्चोक कटुञ्जेका सागर धिताल (३९) को बाल्यकाल अभावै अभावमा बित्यो। गाउँमा बिजुली र सडक थिएनन्।

विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्थ्यो। साँझ टुकीको उज्यालोमा पढ्नुपर्ने बाध्यता थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले कापी-कलम किन्नसमेत आमाले घरमा पालेका कुखुराका अण्डा बेच्नुपर्थ्यो। कहिलेकाहीँ बेच्न लैजाँदै गरेका अण्डा बाटोमै फुट्थे। त्यही परिवेशमा हुर्किएका सागरले पढाइलाई निरन्तरता दिए। छात्रवृत्तिको सहारामा उच्च शिक्षा हासिल गरे।

नेपालमा अध्ययन र अस्पतालमा काम गरेपछि चिकित्सक बन्ने लक्ष्यसहित उनी जर्मनी पुगे। त्यहाँको भाषा सिके, खर्च जुटाउन काम गरे र अन्ततः चिकित्सा अध्ययन पूरा गरे। डा. सागर अहिले जर्मनीको म्युनिखस्थित लुडविग म्याक्सिमिलियन्स विश्वविद्यालय (एलएमयू) अस्पतालको आकस्मिक चिकित्सा विभागमा कार्यरत छन्। बिरामीको उपचारसँगै उनी चिकित्सा विद्यार्थीलाई पढाउँछन् र अनुसन्धानमा पनि संलग्न छन्।