Skip to main content
समाजNagarik News

मधेसमा छठ पर्वको रौनक सुरु

Read the full story at Nagarik News

मधेसमा छठ पर्वको रौनक सुरु

मधेसमा लोकआस्था, श्रद्धा र निष्ठाको महापर्व छठको तयारी बिहानैदेखि सुरु भएको छ । छठ पर्व नजिकिएसँगै मधेसका गाउँबस्तीमा धार्मिक तथा सांस्कृतिक चहलपहल बढनुका साथै पर्वको पहिलो चरण अन्तर्गत व्रतालुहरू घरपरिवारका सदस्यसहित छठीमाताको आराधनाका लागि आवश्यक सामाग्रीको तयारीमा जुटेका छन् । छठ पर्वको तयारीका क्रममा मंगलबार बिहानै गाउँको मुख्य बाटोमा जम्मा गरिएको गाईको गोबरलाई आज (बुधबार) एका बिहानै व्रतालुहरूले सामूहिक रूपमा गोधन कुटदै छठसँग सम्बन्धित परम्परागत गीत गाउँदै, दाजुभाइको दीर्घायु, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै उनीहरूले छठीमातालाई चढाइने महाप्रसाद पकाउन आवश्यक माटोको नयाँ चुल्हो निर्माणको कार्यमा जुटेका छन ।

मधेसका गाउँ बस्तिमा व्रतालुहरूले सामूहिक रूपमा माटोको चुल्हो निर्माण गर्ने पुरानो परम्परा छ । चुल्हो निर्माणको काम बुधबार र बिहीबारसम्म जारी रहनेछ। छठ पर्वमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले चुल्हो निर्माणदेखि प्रसाद तयार पार्ने र पूजाका सामग्री व्यवस्थापन गर्नेसम्मका सबै काम विशेष सावधानी र धार्मिक विधि अनुसार हुने गरेको करिव सात दशक देखि छठ व्रत बस्दै आएकी गढिमाइ ४ पर्साकी ८५ वर्षीया शान्ती देवि सुनाउछिन ।

छठको प्रमुख विधि शुक्रबारदेखि 'नहाय–खाय' सुरु हुन्छ ।