जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ
Read the full story at Onlinekhabar (Nepali)

२४ कात्तिक, काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय राजेश नगरकोटी समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ४० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । चितवन, रत्ननगर नगरपालिका-१६ हात्तीगाडेबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय माधव थापा मगरसमेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ६ सय १५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-७ बस्ने ३८ वर्षीय डिलाराम चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा डिलाराम समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनवाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३७ हजार ४ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-१२ सहयोगी टोलबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१२ आनन्द टोल बस्ने ३६ वर्षीय गोविन्द मगर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
More sports
- भारतसँग यू-१९ महिला टी-२० सिरिज खेल्न सोनी पाख्रिनको कप्तानीमा टोली घोषणाNepal Khabar
- दशौं राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमै हुनेNepal Khabar
- देउसीको रौनक हरायो : २४ घण्टा खेल्न नदिएर वा गाउँ रित्तिएर ?Onlinekhabar (Nepali)
- 'हिमालयन गोल्ड' यार्सागुम्बाको मात्र कथा होइन, बदलाको पनि हो: निर्देशक राजवंशीSetopati
- दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?Nagarik News
- अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुदOnlinekhabar (Nepali)