एनपीएल: पोखरा कर्णालीविरुद्ध टस जितेर ब्याटिङ गर्दै, दुबै टोलीको प्लेइङ ११मा परिवर्तन
Read the full story at Bizmandu
काठमाडौं। पोखरा एभेन्जर्सले कर्णालीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। टीयू क्रिकेट मैदानमा पोखरा आफ्नो पहिलो जितको खोजीमा हुनेछ।
आजको हारले उसलाई प्लेअफको होडबाट बाहिर लैजान सक्छ। अर्कोतर्फ पछिल्ला दुई खेलमा हार ब्यहोरेको कर्णाली पनि पोखराविरुद्ध लय फर्काउने लक्ष्यमा हुनेछ। पोखराका सुपरस्टार सकिव अल हसन फर्किइसक्दा कर्णाली भने डेभिड मिलरको उपस्थितिमा आफूलाई बलियो स्थितिमा पाउन सक्छ। पोखराले टोलीमा तीन परिवर्तन गरेको छ।
विवेक राना मगर, सन्नी विक र धनन्जय लक्ष्यनले सागर ढकाल, सुदीप अर्याल र सदीरा समाराविक्रमाको स्थान लिएका छन्। त्यस्तै, कर्णालीले युनिस सिंह ठकुरी र हुसैन तलतको स्थानमा युवराज खत्री र जिसन आलमलाई प्लेइङ ११ मा समेटेको छ।
More sports
- पोल्यान्डमा अन्धाधुन्ध गोली चलाउने युवकको उपचारको क्रममा मृत्युNepal Khabar
- सेलरोटी प्रतियोगिता कोपिलाले जितिन्Thaha Khabar
- पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्युOnlinekhabar (Nepali)
- एनपीएलको व्यस्तताबीच तिहारमा रमाए नेपाली क्रिकेटरDC Nepal
- Top-four race goes down to the wire as NPL Season 3 nears league-stage conclusionKathmandu Post
- Painting bleak picture of France, Olympic icon Teddy Riner announces presidential runPolitico Europe