Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार

Read the full story at Onlinekhabar (Nepali)

ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार

समारोहको सुरुवात ओभल अफिसमा राष्ट्रपति ट्रम्पले दीप प्रज्वलन गरेर गरेका थिए । उक्त निजी समारोहमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र सोसल सेक्युरिटी एडमिनिस्ट्रेसनका उपआयुक्त अर्जुन मोदी पनि सहभागी भएका थिए । भारतीय प्रविधि उद्यमी विशाल गोन्डलले राष्ट्रपति ट्रम्पलाई हनुमान चालिसाको एक प्रति उपहार दिएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएका हुन् । डीडी न्युजका अनुसार ह्वाइट हाउसमा दीपावली मनाउने परम्परा सन् २००३ मा तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा सुरु भएको थियो । सुरुका वर्षमा आइजनहावर एक्जुकेटिभ अफिस बिल्डिङमा दीपावली कार्यक्रम आयोजना गरिन्थ्यो, जसमा भारतीय अमेरिकी समुदायका सदस्य र भारतीय कूटनीतिज्ञ सहभागी हुन्थे ।

त्यसपछि सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामा ह्वाइट हाउसको इस्ट रुममा आयोजित दीपावली समारोहमा दीप प्रज्वलन गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।