सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन, बहुसांस्कृतिक पक्षधरको काउन्टर र्याली
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, सिड्नी । अस्ट्रेलियामा आप्रवासन नीति र आप्रवासीको बढ्दो आगमनलाई लिएर देशव्यापी बहस चलिरहेका बेला आइतबार सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन भएको छ। ‘अस्ट्रेलिया मार्चेस’ अभियानअन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शनमा सहभागीहरूले आप्रवासनमा कडाइ गर्न र नयाँ आप्रवासीको आगमन नियन्त्रण गर्न माग गरेका थिए।
वर्षाका बाबजुद भएको प्रदर्शनमा रोयल बोटानिक गार्डेन आसपासबाट म्याक्वेरी स्ट्रिट हुँदै हाइड पार्क र न्यु साउथ वेल्स संसद् भवनसम्म जुलुस निकालिएको थियो। प्रदर्शनकारीहरूले राष्ट्रिय हित र अस्ट्रेलियाको पहिचानलाई प्राथमिकता दिनुपर्ने मागसहितका प्लेकार्ड र नारा प्रदर्शन गरेका थिए। जुलुसमा आप्रवासन नीतिका आलोचक र राष्ट्रवादी विचारधारा राख्ने समूहहरूको सहभागिता थियो।
यस प्रदर्शनको प्रतिवादमा सिड्नी टाउन हल क्षेत्रमा शरणार्थी तथा आप्रवासी अधिकारका पक्षधर समूहहरूले पनि छुट्टै ‘काउन्टर र्याली’ गरेका थिए। उनीहरूले जातीय विभेद र आप्रवासीविरोधी गतिविधिको विरोध गर्दै अस्ट्रेलियाको बहुसांस्कृतिक पहिचान र सामाजिक विविधताको पक्षमा नाराबाजी गरेका थिए। पछिल्लो समय अस्ट्रेलियामा बढ्दो जनसङ्ख्या, आवास सङ्कट र सार्वजनिक पूर्वाधारमाथिको दबाबलाई लिएर आप्रवासन व्यवस्थापनबारे बहस चर्किएको छ।
More politics
- Three in four transport jobs in Nepal are informalKathmandu Post
- Trump says he is highly unlikely to order Iran strikes if talks progressKathmandu Post
- Can Nepal cook dal bhat on its own electricity?Kathmandu Post
- Q&A: Before we get high on the cannabis law, let’s measure the plantKathmandu Post
- कांग्रेस महामन्त्री पौडेल भन्छन्– विधिको शासन हुन्थ्यो भने प्रधानमन्त्रीका सल्लाहकार अनुसन्धानको दायरामा हुन्थेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar