प्रहरी अहिले मार खाने र हेरेर बस्ने गरी दुई भागमा बाँडिएको छ : ओली
Read the full story at Ratopati

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरी सङ्गठन अहिले सरकारबाट मार खाने र हेरेर बस्ने गरी दुई भागमा विभाजित भएको टिप्पणी गरेका छन्। बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले प्रहरीमाथि अनावश्यक राजनीतिक हस्तक्षेप गरेको र यसबाट प्रहरी, कर्मचारीतन्त्र तथा व्यवसायीहरू असन्तुष्ट रहेको दाबी गरे।
आफूलाई सरकार बनेकै दिन पक्राउ गरेर प्रतिशोध साँधिएको आरोप लगाउँदै उनले एमाले नेता-कार्यकर्तामाथि प्रहरीले निर्मम बल प्रयोग गरेको बताए। ओलीले सरकार र बिचौलियाको सम्बन्धमाथि प्रश्न उठाउँदै व्यवसायीलाई सम्पत्ति शुद्धीकरणका नाममा तर्साइएको जिकिर गरे।
उनले पार्टीको प्रभाव पुनः स्थापित गर्न कार्यकर्तालाई आन्दोलन र निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै बागमती प्रदेशमा पार्टी सङ्गठनलाई बलियो बनाउन युवाहरूलाई सक्रिय रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए। उनले जनतालाई राजनीतिक नेतृत्वको पृष्ठभूमि मूल्याङ्कन गर्न सिकाउनु कार्यकर्ताको दायित्व भएको बताए।
More society
- मकवानपुरमा हवाई फायर गरेर पेस्तोलसहित दुई जना पक्राउNepal Khabar
- भुवन केसी भन्छन्- पहिलो फिल्मको ब्याज खान मात्रै पार्ट २ बनाउँदिनँSetopati
- ‘Heartland’ movie review: Jessica Chastain sings a song of suspenseThe Hindu
- Children’s Day: Thiruvanmiyur Young Changemakers Club invites artworks by childrenThe Hindu
- Kerala Police warns of fake traffic fine SMS scamsThe Hindu
- Andy Burnham says Welsh Labour may have lost sight of devolutionBBC