मकवानपुरमा हवाई फायर गरेर पेस्तोलसहित दुई जना पक्राउ
Read the full story at Nepal Khabar

हेटौंडाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट शनिबार दिउँसो पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं १४ गण मकवानपुर र एपीएफ नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बागमती प्रदेश ०३-००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार आज दिउँसो करिब सवा १२ बजे तिरको समयमा अटो जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले एक राउन्ड हवाई फायर गरेको थियो।
त्यसपछि अटोमा सवार मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङलाई नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा लाग्ने एक थान म्यागजिन र पिँधमा चोट लागेको ७.६५ एमएमको एक राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
More society
- छठपर्वमा उखु बेच्न व्यस्त सिरहाका किसानRatopati
- Students among 24 killed in bus-truck collision near Kaziranga in AssamThe Hindu
- Children’s Day Special | Beyond the price tagThe Hindu
- Delhi Police files 450-page chargesheet in Aastha Kunj Park gangrape caseThe Hindu
- Driver from Theni found dead while in custody at Chekkanoorani police station in MaduraiThe Hindu
- कार्यक्रमको क्रममा कलाकारलाई प्रहरीले समातेर लगेपछिNagarik News