सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा
Read the full story at Onlinekhabar (Nepali)

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान एवं संरक्षणमा फाल्गुनन्दले पुर्याएको योगदान अतुलनीय रहेको स्मरण गरेका छन्। महागुरु फाल्गुनन्दले देखाएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले सबैलाई सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि प्रेरित गरिरहने उनले उल्लेख गरेका छन्।
नेता थापाले फाल्गुनन्दका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउन सबैमा आह्वानसमेत गरेका छन्।
More society
- After 47 years of marriage, Missouri woman fights over late husband's $505,000 IRA; court creates medical trustTimes of India
- वर्षमा एक दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (फोटोफिचर)DC Nepal
- घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउNagarik News
- Over 25,500 drunk driving cases booked in Keralam since October 13; police to seek licence cancellation for repeat offendersThe Hindu
- नेपालगन्जका तीन कृषि विद्यार्थीले गरे फूलखेती, १० कट्ठामा जग्गामा ११ क्वीन्टल उत्पादनBizmandu
- Drug Abuse Fears No Ground To Curb 5-Star Hotel Bar Hours: Kerala High CourtNDTV