Skip to main content
राजनीतिThaha Khabar

गगनलाई देउवाको प्रश्न - पैसाको बलमा पार्टी किन्नेले सिद्धान्त जोगाउँछ?

Read the full story at Thaha Khabar

गगनलाई देउवाको प्रश्न - पैसाको बलमा पार्टी किन्नेले सिद्धान्त जोगाउँछ?

काठमाडौँ : नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन्। उनले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टीको आधिकारिकता पैसाको प्रभावमा टुंग्याइएको आरोप लगाएका हुन्। शनिवार काठमाडौँमा आयोजित नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिको नियमित १५ औँ अधिवेशनलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे।

उनले निर्वाचन आयोगमा भएको निर्णय प्रक्रियालाई अस्वाभाविक भन्दै आर्थिक चलखेलमार्फत पार्टीको आधिकारिकता प्रभावित पारिएको आरोप लगाए। एकजना व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएको उल्लेख गर्दै उनले पैसाको बलमा पार्टी किनेको टिप्पणी गरे। पैसाको प्रभावमा पार्टीको निर्णय गराउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै देउवाले पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने बताए।

उनले पार्टी सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै १८ करोडमा पार्टी अरूलाई बेच्नेले काँग्रेस जोगाउन नसक्ने जिकिर गरे। आफूले राजनीतिक जीवनमा धेरै कुरा प्राप्त गरिसकेको उल्लेख गर्दै उनले अब पार्टी र देशका लागि योगदान गर्ने समय आएको बताए।