सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय
Read the full story at Onlinekhabar (Nepali)

तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरी, शान्ति तथा पुननिर्माणमन्त्री रकम चेम्जोङ र भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री मानबहादुर शाहीमाथि मुद्दा नचल्ने निर्णय भएको हो । २२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरको जग्गा सट्टापट्टा प्रकरणमा तीन मन्त्रीहरूलाई भ्रष्टाचार मुद्दा नचलाउने निर्णय गरेको खुलेको छ । सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टाको अनुमति दिएको आरोपमा अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रिपरिषद्को सामाजिक समितिका संयोजक डा.
मिनेन्द्र रिजाल लगायत ९७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीहरूमाथि मुद्दा चलाउने निर्णय गर्दा अख्तियारले तीन पूर्वमन्त्रीहरूलाई मुद्दा नचलाउने निर्णय गरेको भेटिएको हो । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरी, शान्ति तथा पुननिर्माणमन्त्री रकम चेम्जोङ र भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री मानबहादुर शाहीमाथि मुद्दा नचल्ने निर्णय भएको हो । मन्त्रिपरिषद्को सामाजिक समितिमा सदस्य रहेका उनीहरूले बयानका क्रममा ‘उक्त जग्गा सट्टापट्टाको निर्णय नगर्नु भनेको’ अहिले आएर थाहा पाएको भनी बयान गरेका थिए ।
उनीहरूले सामाजिक समितिका संयोजक डा. मिनेन्द्र प्रसाद रिजालले समितिका सचिव रामचन्द्र मान सिंहलाई निर्णयको टिपोट टिपाई त्यही अनुसार निर्णय तयार गरी पत्राचार भएको खुलाएका थिए ।
More politics
- अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्योNepal Khabar
- कालीमाटीमा च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो, अरु तरकारीको कति?Nepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar