सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार
Read the full story at Nagarik News

सुरुङ खनेर डोल्पा जिल्ला कारागारबाट फरार भएका कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँभन्दा माथिको जंगलमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। योसँगै गत कात्तिक १४ गते कारागारबाट फरार भएका आठ कैदीमध्ये पक्राउ पर्नेको संख्या छ पुगेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका-१ का यज्ञ विक छन्।
उनीहरू जंगलमा लुकिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ। यसअघि पनि प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँबाटै दुई फरार कैदीलाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-७ का कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका-९ का कैलाश भन्ने कपिल परियार थिए। त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना पनि पक्राउ परिसकेका छन्।
More society
- तिहारको शुभकामना दिँदै निवर्तमान आईजीपी कार्कीले भने- सामूहिक हित र संस्थागत एकताले मात्रै साझा विजय सम्भव हुन्छNepal Khabar
- तिहारले आपसी एकता र सद्भाव अझ बलियो बनाओस् : कांग्रेस सभापति थापाDC Nepal
- West Bengal to institute 'Seema Mitra' award for BSF, SSB, police personnel from 2027: SuvenduThe Hindu
- सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्नेOnlinekhabar (Nepali)
- Hong Kong’s top drama school to stage entrance as university town expands campusSouth China Morning Post
- West Virginia court overturns $31,054 home value payout but protects wife's mortgage shareTimes of India