Skip to main content
समाजOnlinekhabar (Nepali)

सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

Read the full story at Onlinekhabar (Nepali)

सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

सार्वजनिक खरिद अनुगमन कार्यालयले यस्तो कार्यविधि बनाएको हो । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको हकहित र सामाजिक सुरक्षा सुनिश्चित गर्न यो क्रान्तिकारी कदम भएको बताएको छ । २२ कात्तिक, काठमाडौं ।

सरकारले सार्वजनिक खरिद मार्फत सञ्चालन हुने सबै प्रकारका आयोजना/कार्यक्रममा काम गर्ने श्रमिकका लागि न्यूनतम पारिश्रमिक तोकेको छ । सामाजिक सुरक्षा, बीमा, व्यवसायजन्य सुरक्षा र कल्याणका बहुआयामिक पक्ष समेटेर सरकारले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यविधि २०८३ कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको हो ।

कार्यविधि अनुसार अब आधारभूत सहयोगी (अदक्ष) कामदारलाई न्यूनतम दैनिक १ हजार ४ सय ५० रुपैयाँ दिनुपर्ने छ । त्यसमा सामाजिक सुरक्षा अन्तर्गत नेपाल सरकारको साझेदारी १० प्रतिशत र रोजगारदाताको १० प्रतिशत गरी अदक्ष कामदारको कुल दैनिक पारिश्रमिक १ हजार ७ सय ४० रुपैयाँ हुनुपर्ने छ । त्यस्तै बौद्धिक तथा व्यावसायिक श्रमिकको न्यूनतम पारिश्रमिक दैनिक १ हजार ७ सय ५० र सामाजिक सुरक्षासहित २ हजार १ सय हुनुपर्ने छ ।