सधैंका लागि आँखा चिम्लिँदा कसरी बिदा हुन्छन् यी चारखुट्टे सिपाही?
Read the full story at Setopati
-ink-1794110978.jpeg&w=1920&q=70)
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत तालिमप्राप्त कुकुरहरूका लागि पनि आज विशेष दिन हो। वर्षभरि मानिसको सुरक्षामा खटिने उनीहरूले आज आफ्नो कामको सम्मान पाउँछन्। तर यी चारखुट्टे सिपाहीहरूको जीवनमा एउटा यस्तो दिन पनि आउँछ, जुन दिन उनीहरूलाई लगाइने माला सम्मानको मात्र हुँदैन, अन्तिम बिदाइको हुन्छ। आखिर जीवनभर मानिसका लागि काम गर्ने यी कुकुरहरू मरेपछि के हुन्छ? उनीहरूको अन्तिम संस्कार कसरी गरिन्छ? उनीहरूसँग वर्षौं काम गरेका सुरक्षाकर्मीहरूले कसरी बिदा गर्छन्? यी कुकुरहरू मानिसले जस्तो आफ्नो जिम्मेवारीबारे बोल्न सक्दैनन्।
तर उनीहरूको कामले धेरै कुरा भनिरहेको हुन्छ। कहिले भूकम्पले भत्किएका संरचनामुनि मानिस खोज्न पुग्छन्। कहिले पहिरोले पुरिएको ठाउँमा हराइरहेका मानिसको खोजी गर्छन्। उनीहरूलाई कहाँ खतरा छ भन्ने कुरा सधैं थाहा नहुन सक्छ। तर तालिम अनुसार आफ्नो जिम्मेवारी पूरा गर्न खटिन्छन्। उनीहरूका लागि सबभन्दा परिचित मानिस हुन्छन्। आफ्नै ह्यान्डलर अर्थात् तालिम दिने, हेरचाह गर्ने र काममा सँगै लैजाने सुरक्षाकर्मी।
ह्यान्डलरले कुकुरको बानी बुझ्छन्। उनीहरूको स्वास्थ्य र खानपानको ख्याल गर्छन्। तालिम गराउँछन्। काममा सँगै जान्छन्। कुकुरले राम्रो काम गर्दा ह्यान्डलरबाट पाउने सानो स्याबासी पनि उनीहरूका लागि ठूलो पुरस्कार बन्न सक्छ। यही सम्बन्ध वर्षौं चल्छ। तर मानिस र कुकुरको आयु एउटै हुँदैन।
More politics
- २१औँ शताब्दीका संकटको समाधान समाजवादले मात्रै दिनसक्छ: प्रदीप ज्ञवालीNepal Khabar
- कालीमाटीमा च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो, अरु तरकारीको कति?Nepal Khabar
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- ओली–प्रचण्डबिच कुरा भएजस्तो लाग्दैन, मधेसमा फेरि कांग्रेसकै नेतृत्वमा सरकार रहन सक्छ : जवाहर कुशवाहाNepal Khabar
- ‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाहNepal Khabar