Skip to main content
खेलकुदSetopati

प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरी भाग्न खोज्ने युवकलाई गोली हानेर नियन्त्रणमा

Read the full story at Setopati

प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरी भाग्न खोज्ने युवकलाई गोली हानेर नियन्त्रणमा

काठमाडौंको गोकर्णेश्वरमा प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरी भाग्न खोजेका एक युवकलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। बिहीबार साँझ करिब साढे ६ बजे गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा ३१ वर्षीय सुजन तामाङलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङले पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि धारिलो हतियारले आक्रमण गरी भाग्ने प्रयास गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तामाङ सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी तथा लुटपाट गर्ने गतिविधिमा संलग्न रहेको खुलेको छ।

उनी सुनसम्बन्धी ठगी तथा लुटपाटमा पनि संलग्न रहेको प्रहरीको भनाइ छ।