रास्वपा सांसद खत्रीलक्षित बस्नेतको टिप्पणी– एक लाख पनि बजेट ल्याउन नसक्ने
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका सविच महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीमाथि टिप्पणी गरेका छन् । सोमबार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादशैं, शुभदीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भक्तपुरवासीको मनोबल र मान घटेको टिप्पणी गरेका हुन् ।
उनले एक लाख रुपैयाँसम्मको बजेट ल्याउन नसक्ने व्यक्ति निर्वाचन जितेर गएको भन्दै भक्तपुरवासीले विगतमा करोडौं रुपैयाँ बजेट माग्ने गरेको तर अहिले १० लाख रुपैयाँ माग्न सक्ने हैसियतसमेत नरहेको आरोप लगाए । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपाका सांसद राजीव खत्रीप्रति लक्षित टिप्पणीमा उनले भनेका छन्, ‘एक लाख रुपैयाँको बजेटसमेत ल्याउन नसक्ने नेतृत्व आज चुनाव जितेर गएको छ । यसले भक्तपुरवासीको आत्मविश्वास, मनोबल र प्रतिष्ठामा चोट पुर्याएको छ ।
हिजो करोडौँ रुपैयाँको बजेट माग्न सक्ने भक्तपुर आज १० लाख रुपैयाँको बजेट माग्नसमेत कठिन अवस्थामा पुगेको छ । यस्तो अवस्था कसरी सिर्जना भयो भन्ने कुराको गम्भीर समीक्षा हुनुपर्छ र जनतासामु तथ्यहरू स्पष्ट पारिनुपर्छ ।
More business
- १२ करोड नाघ्यो दयाहाङको फिल्म ‘कबड्डी ५’को कमाइNepal Khabar
- ‘आ बाट आमा-२’ को कमाइ पौने सात करोड, अन्य दुई फिल्मको कति?Nepal Khabar
- पोखराको पहिलो जित, कर्णालीको ‘प्लेअफ’ यात्रा कठिनNepal Khabar
- कर्णालीमा एक चौथाईले घटे पर्यटक, खस्कियो औद्योगिक उत्पादनNepal Khabar
- Nepal launches TikTok campaign to promote tourism to global audiencesKathmandu Post
- Nepal’s share market weathers political jittersKathmandu Post