Skip to main content
समाजOnlinekhabar (Nepali)

तिहारयता सुनको भाउ १४ हजार १ सय रुपैयाँ घट्यो

Read the full story at Onlinekhabar (Nepali)

तिहारयता सुनको भाउ १४ हजार १ सय रुपैयाँ घट्यो

तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँ घटिसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तिहारअघि अर्थात् गत सोमबार सुनको मूल्य २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो । सोमबारपछि शुक्रबार मात्रै नेपाली बजारमा मूल्य समायोजन गरिएको थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला ३ हजार ७ सय रुपैयाँ रहेको चाँदी आज ३ हजार ६ सय रुपैयाँमा झरेको छ । तिहारयता चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । गत सोमबार चाँदीको भाउ ३ हजार ८५५ रुपैयाँ थियो ।