डलर, युरो र पाउण्डसँगै घट्यो सुनको कारोबार मूल्य, यस्तो छ आजको विनिमय दर
Read the full story at Bizmandu
काठमाडौं। अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको खरिदबिक्री दर अघिल्लो दिनका तुलनामा घटेको छ। सँगै विश्वबजारमा सुनको कारोबार मूल्य पनि कमजोर बनेको छ। एकै दिनमा सुन ३७.३५ डलर घट्दै प्रति औंस ४०४६.९७ डलरमा आएको छ। सामान्य गिरावटसँगै चाँदी पनि प्रति औंस ५१.९५ डलर भएको छ।
नेपाली बजारमा सुन तोलाको २ लाख ८३ हजार रुपैयाँ छ। शुक्रबार कायम यो मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हो। नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १४९ रुपैयाँ ९६ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा भएको छ। शुक्रबार खरिद दर १५० रुपैयाँ ८७ पैसा र बिक्री दर १५१ रुपैयाँ ४७ पैसा थियो। युरोपियन युरोको खरिद दर १६७ रुपैयाँ ५४ पैसा र बिक्री दर १६८ रुपैयाँ २१ पैसा भएको छ।
शुक्रबार खरिद दर १६९ रुपैयाँ ४६ पैसा र बिक्री दर १७० रुपैयाँ १३ पैसा थियो। पाउण्ड स्टर्लिङको खरिद दर २०० रुपैयाँ ७४ पैसा र बिक्री दर २०१ रुपैयाँ ५५ पैसा भएको छ। शुक्रबार खरिद दर २०३ रुपैयाँ ११ पैसा र बिक्री दर २०३ रुपैयाँ ९२ पैसा थियो। स्वीस फ्रयांकको खरिद दर १८३ रुपैयाँ १९ पैसा र बिक्री दर १८३ रुपैयाँ ९२ पैसा भएको छ। शुक्रबार खरिद दर १८४ रुपैयाँ ६० पैसा बिक्री दर १८५ रुपैयाँ ३३ पैसा पुगेको थियो।
More business
- US-China trade talks to continue as Washington presses Beijing to honour Busan dealTimes of India
- Paraguay's president impeached after collapse of bankBBC
- कर्णालीका मुख्यमन्त्री शाही र मन्त्री सिता बादीबिच भेटवार्ताNagarik News
- बैंक संकटपछि पेना पदमुक्त, घरमै नजरबन्दNagarik News
- २० वटा निर्माण कम्पनी कालोसूचीमा, बढीमा दुई वर्ष सार्वजनिक खरिदमा रोकBizmandu
- 'Dallas' star Victoria Principal, 76, now rescues animals on her ranch; shares miniature horse Halo's recoveryTimes of India