घरमा चल्दैन शाहरुख खानको मर्जी, पत्नी गौरीका यस्ता छन् कडा नियम
Read the full story at Onlinekhabar (Nepali)

बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खान आफ्ना फिल्मसँगै रमाइलो स्वभाव र हँसिलो शैलीका लागि पनि परिचित छन् । हालै दुबईमा आयोजित एक कार्यक्रममा उनले पत्नी गौरी खान र घरभित्रका नियमबारे रमाइलो खुलासा गरेका छन् । उनको कुरा सुनेर कार्यक्रममा उपस्थित दर्शकहरू हाँसेका थिए । शाहरुखले आफ्नो घरमा आफू र छोराछोरी आर्यन तथा सुहानाको केही नचल्ने बताए । घरमा के गर्ने र के नगर्ने भन्ने निर्णय गौरीले नै गर्ने उनको भनाइ थियो ।
रमाइलो कुराकानीका क्रममा उनले आफ्नो आगामी फिल्म ‘किङ’ को दमदार संवाद सुनाएर कार्यक्रमको माहोल तताए । शाहरुख खान दुबईमा आयोजित ‘शाहरुख रेसिडेन्स बाई ड्यान्युब’ नामक परियोजनाको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । यो विलासी आवासीय परियोजनाको पेन्टहाउसको भित्री सजावट गौरी खानले गरेकी हुन् । करणको प्रश्नमा शाहरुखले ठट्टा गर्दै घरमा आफूले केही गर्न नपाउने बताए । उनका अनुसार घरमा वाइफाइबारे गुनासो गर्न, ओछ्यानमा बसेर खाना खान वा घरको रङ, चित्र, सिँढी, लिफ्ट, छत र बत्तीको व्यवस्थाबारे समेत आफ्नो धारणा राख्न पाइँदैन ।
शाहरुखले भने, ‘हामी चुपचाप बसेर घरको आनन्द लिन्छौँ र गौरीलाई तपाईंले कति राम्रो घर बनाउनुभयो भनेर भन्छौँ । अहिले यो पेन्टहाउसमा आएर पनि मैले यही भन्नुपर्ने हुन्छ– गौरी, तपाईंले कति राम्रो पेन्टहाउस बनाउनुभयो । घरबाहिर हामी स्वतन्त्र छौँ, तर घरभित्र हाम्रो केही चल्दैन ।
More politics
- A journey home for Chhath turns deadlyKathmandu Post
- 10 killed, five injured as electric microbus plunges off road in MakawanpurKathmandu Post
- Former deputy prime minister Top Bahadur Rayamajhi released after sentence cutKathmandu Post
- Nvidia board meets to decide CEO Huang’s future, source saysKathmandu Post
- अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ हटाउन सदनमा पेस महाभियोग प्रस्ताव रोकियोNepal Khabar
- भीमफेदीमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, पाँच घाइतेNepal Khabar