एनपीएल: नेपाली खेलाडी ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
Read the full story at Nepal Khabar

काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताको सुरुआती चरणमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रभावशाली प्रदर्शन गरेका छन्। प्रतियोगिताका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा आफूलाई अब्बल साबित गरिरहेका छन् । यसअघिका संस्करणमा सुरुआती चरणदेखि विदेशी खेलाडीको प्रदर्शनले बढी चर्चा पाउने गरेकामा यसपटक नेपाली खेलाडीले पनि ब्याटिङ र बलिङमा निरन्तर प्रभाव छाडेका छन् । विशेषगरी युवा खेलाडीको प्रदर्शनले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको छ।
ब्याटिङतर्फ विराटनगर किङ्सका नेपाली ब्याटर लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले चार खेलमा १६२.०६ को स्ट्राइक रेटमा १८८ रन बनाइसकेका छन् । यस क्रममा उनले दुई अर्धशतक प्रहार गरेका छन्। विराटनगरको लगातार दुई जितमा लोकेशको ब्याटिङ महत्त्वपूर्ण बनेको थियो ।
आक्रामक ब्याटिङ गरिरहेका उनले छोटो समयमै ठूलो स्कोर बनाउन सक्ने क्षमता देखाएका छन्। सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा विराटनगरकै वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल छन् । उनले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन्।
More sports
- Tanvi Patri becomes first Indian badminton player to reach Youth Olympic badminton finalThe Hindu
- मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च पदक प्रदानOnlinekhabar (Nepali)
- एनपीएल : जनकपुरले टस जित्यो, ब्याटिङमा लुम्बिनी, दुबै टोलीको प्लेइङ ११मा परिवर्तनBizmandu
- Olympic Gold Medal Among Items Stolen From Ex-Hockey Captain's Bengaluru HomeNDTV
- World record 53 red cards shown in Brazil football matchAl Jazeera
- Champions League: Real Madrid seal late comeback as Liverpool lose to FenerbahceFrance 24