राजनीतिOnlinekhabar (Nepali)
मोरङमा श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट एक पुरुषको मृत्यु
Read the full story at Onlinekhabar (Nepali)

२३ कात्तिक, काठमाडौं । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन् ।
गएराति करिब १० बजेको समयमा उनकै श्रीमती ३५ वर्षीय कमली मास्के र भारतीय नागरिक २७ वर्षीय सुनील मिश्रले उनीमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । रड प्रहारबाट बुधरामको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरी निरीक्षक दाहालले अनलाइनखबरसँग भने, ‘बुधराममाथि उनकै श्रीमती कमली र भारतीय नागरिक सुनिलले टाउकोमा रड प्रहार गरेका रहेछन् ।
घटनापछि मिश्र पक्राउ परेका छन् भने उनकी श्रीमती कमली फरार छिन् । बुधराममाथि किन रड प्रहार गरियो भन्नेबारे अहिले खुल्न सकेको छैन । ’
More politics
- अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ थप घट्योNepal Khabar
- लक्ष्मीपूजामा उजेलिएको काठमाडौँ (तस्बिरहरू)Nepal Khabar
- हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलनNepal Khabar
- नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोटNepal Khabar
- कालीमाटीमा प्याज, काउली र भन्टाको भाउ घट्यो, बोडी, परबल र भिन्डी महँगिएNepal Khabar
- १२ बाट १० डिग्रीमा झर्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar