देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
Read the full story at Ratopati

काठमाडौँ । देशका विभिन्न छ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोदेखि शुक्रबारसम्म धनुषा, सिराहा, तनहुँ, नवलपरासी पूर्व, बारा र कैलालीमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारी चोकस्थित सडकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
पिडारी चोकबाट रत्न सागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा महोत्तरीको मनरा शिसवा नगरपालिका–५ कटैयाका २० वर्षीय नबिन चौधरी गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, सिराहाको धनगढीमाई नगरपालिका–९ मुसहरनिया चोकस्थित सडकमा मधेश प्रदेश ०१–००५ प ६९६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ५५ वर्षीय श्रीराम यादवको मृत्यु भएको छ ।
बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
More politics
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar
- कानुनको नाममा व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन: प्रदीप पौडेलNepal Khabar
- मृत्युलाई जितेका ६ जना, कसैले आमाबुबा त कसैले परिवारै गुमाएNepal Khabar
- अर्को ‘अफेयर’को खुलासापछि एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामाNepal Khabar
- सुरु भयो चार दिन मनाइने छठNepal Khabar
- राष्ट्रसंघका महासचिव गुटेरस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ताNepal Khabar