Skip to main content
समाजNagarik News

छठ: तराईको आस्थादेखि राष्ट्रिय पर्वसम्म

Read the full story at Nagarik News

छठ: तराईको आस्थादेखि राष्ट्रिय पर्वसम्म

सूर्यदेव र छठी माताको आराधना गरिने छठ पर्व यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु भएको छ। तराई–मधेसमा सीमित यो पर्व हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा राष्ट्रिय पर्वका रूपमा मनाउन थालिएको छ। चार दिनसम्म चल्ने यो पर्वमा नहाय–खाय, खरना, अस्ताउँदो सूर्यलाई अघ्र्य र उदाउँदो सूर्यलाई अघ्र्य दिने विधि गरिन्छ।

गौरीघाँट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार काठमाडौं उपत्यकामा मात्र १७ स्थानमा पूजाको व्यवस्थापन गरिएको छ। गौरीघाटमा मात्र ५८० पूजा स्थल निर्माण गरिएको छ। पारिवारिक सुख, समृद्धि र सन्तानको दीर्घायुका लागि मनाइने यो पर्वले सामाजिक एकता र सांस्कृतिक सहअस्तित्वको उदाहरण प्रस्तुत गरेको छ।

स्थानीय तह र पशुपति क्षेत्र विकास कोषले पूजा व्यवस्थापनमा सहयोग गर्दै आएका छन्। यद्यपि, नदी र पोखरीको प्रदूषण छठको मुख्य चुनौतीका रूपमा रहेको छ।

In English

Chhath: From the faith of the Terai to a national festival

The Chhath festival, which involves the worship of the Sun God and Chhathi Mata, began this year on Friday, the 27th of Kartik. This festival, which was limited to the Terai-Madhesh region, is now being celebrated as a national festival in various parts of the country, including the Kathmandu Valley. This four-day festival involves rituals of bathing and eating (Nahai-Khaya), Kharna, offering Arghya to the setting sun, and offering Arghya to the rising sun. According to Anil Singh, Chairman of the Gauri Ghat Chhath Puja Management Committee, arrangements for worship have been made in 17 locations in the Kathmandu Valley alone. A total of 580 worship sites have been constructed in Gauri Ghat alone. This festival, celebrated for family happiness, prosperity, and the long life of children, presents an example of social unity and cultural coexistence. Local governments and the Pashupati Area Development Trust have been assisting in the management of the worship. However, pollution of rivers and lakes remains a major challenge for Chhath.

Machine translation — the original above is the story as filed.