तिहारको झिलिमिली छोडेर परदेशको बाटो : बाध्यता कि रहर?
Read the full story at Nagarik News

घरआँगनमा दियोको झिलिमिली छ, दिदीबहिनीहरू भाइटीकाको तयारीमा छन्, परिवारहरू भेटघाट र रमाइलोमा जुटिरहेका छन्। तर, यही तिहारको रौनक छोडेर हजारौँ नेपाली भने परदेशको यात्रामा छन्। कसैका लागि रोजगारीको खोजी त कसैका लागि उच्च शिक्षाको सपना । नेपालीको महान् चाडको मुखमै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिनेहरूको लर्को रोकिएको छैन।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका राकेश परियारको अनुहारमा तिहारको उत्साहभन्दा परदेश जाने पीडा बढी झल्किन्थ्यो। रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका उनी भाइटिकाको पूर्वसन्ध्यामा घरपरिवार छोड्नुपर्दा दुःखी थिए। तर, स्वदेशमा रोजगारीको पर्याप्त अवसर नदेखेपछि विदेशिनुको विकल्प नभएको उनको भावले स्पष्ट देखिन्थ्यो। परियार एक्ला पात्र होइनन्।
उनी त तिहारको झिलिमिली छोडेर रोजगारी र भविष्यको खोजीमा परदेशिने नेपालीहरूको लामो लर्कोका प्रतिनिधि पात्र मात्र हुन्। तिहारको तेस्रो दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने नेपालीहरूको चहलपहल उस्तै थियो। वैदेशिक रोजगारी, उच्च शिक्षा तथा विभिन्न व्यक्तिगत प्रयोजनका लागि विदेशिने नेपालीहरूको भीडले चाडपर्वको समयमा पनि विमानस्थल व्यस्त देखियो।
More society
- आज गोरु तिहार: बली, हलि र गोरुको पूजा गरिँदैNepal Khabar
- नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदैNepal Khabar
- तिहारको मैनबत्तीबाट आगो सल्कियो, ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर जलेर नष्टNepal Khabar
- Interview | Luke Kennard on writing against the technocratic times in his novel ‘Black Bag’The Hindu
- Odyssey cruise ship’s voyage ends in Singapore arrest after owner goes bustSouth China Morning Post
- Verdict delayed in Honduras sex-trafficking case linked to disappearanceAl Jazeera