मानिस कति एक्लो छ– संकेत दिन्छ इन्स्टाग्रामले, तर देखियो यस्तो नतिजा
Read the full story at Setopati

धेरै मानिससँग सम्पर्कमा रहने, नियमित फोटो राख्ने र सामाजिक सञ्जालमा सक्रिय देखिने व्यक्ति पनि भित्रभित्रै एक्लो हुन सक्छ। अझ आश्चर्यको कुरा, साथीभाइको अभावले हुने एक्लोपन र भावनात्मक निकटताको अभावले हुने एक्लोपन इन्स्टाग्राममा फरक ढंगले प्रकट हुन सक्छन्। क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका युएयी जियाङ, केभिन लुइस, बार्टन डब्लू पाल्मर, फेई दाई र पिओत्र विन्केलम्यान अनुसन्धानमा संलग्न छन्। अनुसन्धानको मुख्य प्रश्न थियो— मानिसले आफ्नो एक्लोपनबारे केही नबताए पनि इन्स्टाग्राममा गर्ने गतिविधिबाट त्यसको संकेत पत्ता लगाउन सकिन्छ? उनीहरूले कति पटक पोस्ट गरिन्छ, कति लाइक र कमेन्ट गरिन्छ, कुन समयमा सक्रिय भइन्छ, कस्ता शब्द लेखिन्छन् र फोटोमा कस्ता अनुहार देखिन्छन् भन्ने विश्लेषण गरे। मानौं, तपाईं नयाँ सहरमा बसाइँ सर्नुभएको छ।
त्यहाँ चिनजानका मानिस कम छन्। साथीभाइसँग भेटघाट हुँदैन। सामूहिक गतिविधिमा सहभागी हुन पाउनुहुन्न। तपाईंका धेरै साथी छन्। कार्यालयमा सहकर्मीसँग कुराकानी हुन्छ। इन्स्टाग्राममा सयौं वा हजारौं फलोअर छन्।
फोटो राख्दा लाइक पनि आउँछन्। तर मनको कुरा खोल्न सक्ने, दुःख बाँड्न सक्ने वा आफूलाई गहिरोसँग बुझिदिने मान्छे छैन। सामाजिक एक्लोपन बढी महसुस गर्ने सहभागीहरूमा अरूसँग डिजिटल अन्तरक्रिया कम हुने प्रवृत्ति देखियो। उनीहरूको गतिविधिमा कम लाइक र कम कमेन्ट जस्ता संकेत भेटिए।
More politics
- निर्वाचनअघि इरानप्रति आक्रामक ट्रम्प लज्जास्पद हारपछि नरमNepal Khabar
- आईटीयू महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना दोहामाNepal Khabar
- लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदमNepal Khabar
- बलात्कार मुद्दामा बेलायती अभिनेता रसेल ब्रान्डविरुद्ध १० वर्ष ६ महिना जेलको फैसलाNepal Khabar
- बंगलादेशले भन्यो : शेख हिसनालाई पासपोर्ट दिन मिल्दैनNepal Khabar
- परराष्ट्रमन्त्री खनालले गरे कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटनNepal Khabar