विवादास्पद छविका अभिषेक गिरी सम्पर्कविहीन भएपछि घरमा टाँसियो प्रहरीको पत्र
Read the full story at Onlinekhabar (Nepali)

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि बोलाउँदा नआएपछि मोरङ प्रहरीले गत १९ कात्तिकमा गिरीलाई हुलाकमार्फत पत्र काटेको थियो । तर प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि गिरी फरार छन् । २८ कात्तिक, विराटनगर । सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा अनुसन्धानका लागि प्रहरीले बोलाउँदा नआएपछि प्रहरीले विवादास्पद छविका अभिषेक गिरीको घरमा सूचना टाँसेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले बयानका लागि आउन भन्दै हुलाकमार्फत पठाएको पत्र बुझ्ने नभेटेपछि घरको भित्तामा सूचना टाँसिएको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि बोलाउँदा नआएपछि मोरङ प्रहरीले गत १९ कात्तिकमा गिरीलाई हुलाकमार्फत पत्र काटेको थियो । तर प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि गिरी फरार छन् । प्रहरीले काटेको पत्रमा आफ्नो दसीप्रमाण तथा आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन अनुरोध भनिएको छ ।
पत्र काटेको सात दिन बित्दा पनि उनी सम्पर्कमा नआएपछि कानुनी प्रक्रियाको दोस्रो चरणअन्तर्गत घरमा सूचना टाँस गरेको हो । आपराधिक लाभ लिई संगठित अपराध गरेको आरोप लागेका गिरीविरुद्ध अहिले प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धान गरिरहेको छ । तर, उनी गत असोजदेखि भारत गएर बसेकाे प्रहरी स्राेतकाे दाबी छ ।
More society
- मकवानपुरमा हवाई फायर गरेर पेस्तोलसहित दुई जना पक्राउNepal Khabar
- Vishnuvardhana appointed Mysuru City Police CommissionerThe Hindu
- Police intensify security across Chittoor, Sri Sathya Sai districts ahead of panchayat pollsThe Hindu
- Delhi court rejects bail pleas of two accused in 2023 Parliament security breach caseThe Hindu
- Police reunite missing minor girl with family in HubballiThe Hindu
- Forest Department registers case against school for chopping branches of treesThe Hindu