Skip to main content
खेलकुदNepal Khabar5 outlets covering

रोमाञ्चक खेलमा काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

Read the full story at Nepal Khabar

रोमाञ्चक खेलमा काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाडौँलाई सात रनले हराउँदै सुदूरपश्चिम अंक तालिकामा १० अंक जोड्दै प्लेअफ पुगेको हो। एनपीएलमा लगातार प्लेअफ पुग्ने सुदूरपश्चिम एक्लो टोली हो। लिग चरणको सातमध्ये पाँच खेलम जित र दुई खेलमा हार भोग्दै १० अंकमा तालिकाको शीर्षस्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो। सुदूरपश्चिमसँगको हारले काठमाडौले भने प्लेअफको टुंगो लगाउन अर्को खेलसम्म पर्खनुपर्ने भएको छ।

काठमाडौले लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन मात्र बनाउन सक्यो। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रनको योगफल तयार पारेको थियो। २.३ ओभरमा नै आठ रन बनाउँदा चार विकेट गुमाएर दबाबमा आएको सुदूरपश्चिमका लागि आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले पाचौँ विकेटका लागि ५४ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले।

आरिफ १६ रन बनाउँदा रन आउट भए। छैटौं विकेटका लागि कप्तान दिपेन्द्र र थरिन्दु रत्नायकेले ५४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले सम्मानजनक योगफल तयार पारेको थियो। ५५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ६० रन बनाएका दिपेन्द्र जहानदाद खानको बलमा भीम सार्कीको हातबाट क्याच आउट भए।