Skip to main content
स्वास्थ्यOnlinekhabar (Nepali)

तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

Read the full story at Onlinekhabar (Nepali)

तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

नेपाली संस्कृतिमा प्रत्येक चाडपर्वको आफ्नै मौलिक महत्त्व, दर्शन र जीवनोपयोगी सन्देश रहेको छ । हाम्रा चाडपर्वहरू केवल धार्मिक आस्था र परम्परामा मात्र सीमित छैनन्, तिनको सम्बन्ध प्रकृति, कृषि, ऋतुचक्र, स्वास्थ्य, सामाजिक सद्‍भाव र मानवीय सम्बन्धसँग पनि गहिरोसँग गाँसिएको छ । तिहार अर्थात् दीपावलीलाई शारदीय नवसस्येष्टिको भावबाट हेर्दा यो केवल घरआँगनमा दीप प्रज्वलन गर्ने, धनसम्पत्तिको कामना गर्ने र उत्सव मनाउने पर्व मात्र होइन । यो नयाँ अन्नको आगमन, प्रकृतिप्रतिको कृतज्ञता, पशुपक्षीप्रतिको सम्मान तथा जीवनमा आरोग्य र समृद्धिको सङ्कल्प गर्ने विशेष अवसर पनि हो ।

तिहार शरद ऋतुमा पर्ने नेपालीहरूको दोस्रो ठूलो चाड हो । यसलाई यमपञ्चकका रूपमा पाँच दिनसम्म विशेष उल्लासका साथ मनाइन्छ । काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गाई तिहार, गोवर्धन पूजा अर्थात् गोरु तिहार र अन्तिम दिन भाइटीकाका रूपमा मनाइने यस पर्वका प्रत्येक दिनले आ–आफ्नै विशिष्ट सन्देश बोकेका छन् । विश्वका विभिन्न संस्कृतिमा पशुपक्षीको महत्त्व स्वीकार गरिएको पाइन्छ ।

तर नेपाली संस्कृतिमा काग, कुकुर, गाई र गोरुजस्ता जीवजन्तुलाई छुट्टाछुट्टै दिन सम्मान र पूजा गर्ने परम्परा आफैँमा अत्यन्त सुन्दर र अनुपम छ । कागलाई शुभसूचक सन्देशवाहकका रूपमा लिइन्छ ।