मिर्गौलाले काम गर्न छाडेपछि प्रिजलको उपचारका लागि परिवारको हारगुहार
Read the full story at Nagarik News

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका चार वर्षीय प्रिजल मगरको दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवार उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिरहेको छ। पेशलकुमार मगर र दुर्गा आले मगरका एक मात्र सन्तान प्रिजल ११ दिनदेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन्। गत कात्तिक १२ गते सामान्य बान्ता गरेका प्रिजलको स्वास्थ्य अवस्था एकाएक बिग्रिएपछि कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो। विद्यालय भर्ना भएर भर्खरै अक्षर चित्र थालेका प्रिजलको दुवै मिर्गौलाले काम गर्न छाडेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।
अस्पताल भर्ना भएको भोलिपल्टदेखि आईसीयूमा राखेर उपचार भइरहेको उनको अवस्था चिन्ताजनक रहेको परिवारले जनाएको छ। दिनप्रतिदिन स्वास्थ्य बिग्रँदै गएपछि कान्ति बाल अस्पतालले थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित सर गङ्गाराम अस्पताल लैजान सुझाएको उनले बताए। भारत लगेर बेलैमा उपचार नगराए छोराको ज्यान जोखिममा पर्ने चिकित्सकले बताएको पेशलकुमारले बताए। “आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गरिरहेका छौँ।
यहाँ उपचार सम्भव नहुने भनिएको छ। भारत लगेर उपचार गर्ने खर्च हामीसँग छैन”, उनले भने, “भारतको अस्पतालमा उपचार गर्न एक करोड रुपैयाँभन्दा बढी लाग्ने बुझिएको छ। यति ठूलो रकम कसरी जुटाउने? सबैले सकेको सहयोग गरेर हाम्रो छोराको ज्यान बचाइदिन अनुरोध गर्दछौँ।
More health
- विज्ञहरूको चेतावनी: जलवायु परिवर्तनले विश्वव्यापी स्वास्थ्य संकट निम्त्याउँदै छNepal Khabar
- Psychology says Americans who never leave their home state score slightly higher on psychopathyTimes of India
- Who is Stephen Miller, Trump’s new Chief of Staff?The Hindu
- Anti-Cancer Drug Prices Fall, But Patients In Smaller Cities May Still Pay More. Here's WhyNDTV
- "Who Has The First Question": Dana White Brings UFC Energy To White HouseNDTV
- जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोडNagarik News