Skip to main content
समाजNagarik News

जुवाडे खोज्न प्रहरीले रातभर चलायो अपरेसन

Read the full story at Nagarik News

प्रहरीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जुवाडे पक्राउ गर्न आइतबार रातभर अपरेसन चलाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटा आफै जुवाडे पक्राउ गर्न फिल्डमा खटिएका थिए । प्रहरीले एकैरात वीरेन्द्रनगरका विभिन्न स्थानबाट ३५ जनालाई नियन्त्रणमा लिएको छ ।

डिआइजी सापकोटा आफै वीरेन्द्रनगर–४ स्थित मुलपानी चोकमा स्थानीय सुशील भारतीको घरमा छापाहान्न पुगेका थिए । त्यहाँबाट प्रहरीले चार लाख एक हजार ४८६ नगदसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर–९ का ३८ वर्षीय मदन वली, वीरेन्द्रनगर–१० का ३३ वर्षीय मानसिंह रम्तेल, वीरेन्द्रनगर–४ का ३५ वर्षीय सुशील भारती, वीरेन्द्रनगर–३ का ४० वर्षीय कमल खड्का, ४३ वर्षीय सन्तोष शाही, ४२ वर्षीय अमरबहादुर खड्का, ४० वर्षीय चेतन गिरी, ३५ वर्षीय कुशुम रावल, वीरेन्द्रनगर–७ का ४५ वर्षीय नगेन्द्र अधिकारी, वीरेन्द्रनगर–४ का ३० वर्षीय करण शाही, वीरेन्द्रनगर–९ का ३२ वर्षीय भक्त थापा र बर्दिया बाँसगढी–९ का अर्जुन शाही पक्राउ परेका छन् ।

वीरेन्द्रनगर–६ बुद्धपथस्थित खिमराज काफ्लेको घरमा पनि डिआइजी सापकोटा आफै पुगेका थिए । त्यहाँबाट प्रहरीले पाँच हजार आठ सय नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ३५ वर्षीय रोहित गिरी, राजन शर्मा, विक्रम नेपाली, भरतन गुरुङ र हेमन्त नेपालीलाई पक्राउ गरिएको छ ।