Skip to main content
वातावरणRatopati

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

Read the full story at Ratopati

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

टर्किएमा आयोजित एक कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरूले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दो जलजन्य विपद् न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, वैज्ञानिक अनुसन्धान र एकीकृत विकासमा जोड दिएका छन्। सांसद धर्मराज केसीले विपद्बाट प्रभावित साना किसान र जोखिममा रहेका समुदायको पुन:स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए।

अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाकी डा. मनोहरा खड्काले पछिल्लो पाँच वर्षमा नेपालले पानीसँग सम्बन्धित ६ वटा ठूला विपद् सामना गरेको र यसले भौतिक संरचनासँगै सांस्कृतिक सम्पदामा समेत क्षति पुर्‍याएको उल्लेख गरिन्।

कोशी प्रदेशका सचिव इन्द्रप्रसाद सापकोटाले स्रोतको प्रभावकारी परिचालनमा जोड दिए भने अस्ट्रेलियाली दूतावासका बिमल रेग्मीले क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याए। कार्यक्रममा जल सुरक्षा, जलवायु अनुकूलन र विपद् उत्थानशील पूर्वाधार निर्माणका लागि सरकारी निकाय, अनुसन्धान संस्था र नागरिक समाजबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।