समाजOnlinekhabar (Nepali)
भीमफेदी दुर्घटना : मृतकमध्ये ५ पुरुष, ३ महिला र २ बालिका
Read the full story at Onlinekhabar (Nepali)

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ। निधन हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन्।
मकवान प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३ पुरुष र २ बालक छन्। बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
गाडीमा १५ जना सवार रहेको प्रारम्भिक अनुमान छ। घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ।
More society
- सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्मNepal Khabar
- भाइटीकामा २४ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवाNepal Khabar
- 2 J&K Special Police Officers, Who Had Gone Missing On Duty, Found DeadNDTV
- सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने दुई महिला पक्राउNagarik News
- Indonesian VP resigns over education qualification rowAl Jazeera
- पर्वतीय मुद्दा कोप-३१ को औपचारिक एजेन्डामा नपरेपछि विकसित देशप्रति अभियन्ता सिंहको आक्रोशNagarik News