पर्वतीय मुद्दा कोप-३१ को औपचारिक एजेन्डामा नपरेपछि विकसित देशप्रति अभियन्ता सिंहको आक्रोश
Read the full story at Nagarik News

हिमाली क्षेत्रको जलवायु जोखिमसम्बन्धी नेपाल र भुटानको प्रस्ताव कोप–३१ को औपचारिक एजेन्डा नबनेपछि अग्रणी जलवायु अभियन्ता हरजित सिंहले हिमाली समुदायको बढ्दो संकट सम्बोधन गर्न विकसित देशहरूले देखाएको उदासीनताको आलोचना गरेका छन्। हिमाली क्षेत्रका विशिष्ट जलवायु समस्या र जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा उचित स्थान दिलाउन नेपाल र भुटानले निरन्तर कूटनीतिक प्रयास गरे पनि कोप–३१ का अध्यक्षले उक्त प्रस्तावलाई औपचारिक एजेन्डाका रूपमा स्वीकार नगरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
कोप ३१ अध्यक्षले यस विषयमा थप परामर्श र अध्ययन गर्ने सहमति भने जनाएका छन्। अझै पनि सम्मेलनको अन्तिम निर्णयको दस्तावेजमा यो विषयले प्राथमिकता पाउने आशा नेपालको छ।
यसबारे प्रतिक्रिया जनाउँदै सिंहले पछिल्ला जलवायुजन्य विपद्का घटनालाई ध्यानमा राखेर नेपाल र भुटानले अघि सारेको ‘पर्वतीय क्षेत्रमा १.५ डिग्री सेल्सियस’ शीर्षकको नयाँ एजेन्डा अत्यन्तै सान्दर्भिक र आवश्यक रहेको बताएका छन्। ‘पछिल्ला जलवायुजन्य विपद्लाई यी देशले नयाँ एजेन्डा प्रस्ताव गरेका हुन्।
More society
- सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्मNepal Khabar
- भाइटीकामा २४ सय यात्रुलाई सशस्त्र प्रहरीको निःशुल्क बस सेवाNepal Khabar
- 2 J&K Special Police Officers, Who Had Gone Missing On Duty, Found DeadNDTV
- सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने दुई महिला पक्राउNagarik News
- भीमफेदी दुर्घटना : मृतकमध्ये ५ पुरुष, ३ महिला र २ बालिकाOnlinekhabar (Nepali)
- Indonesian VP resigns over education qualification rowAl Jazeera